विना तयारी ल्याइएको गलत विधेयकको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छः गच्छदार
काठमाडाैँ । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले तयारी बिना ल्याइएको गलत विधेयकको प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उपनेता गच्छदारले गुठी विधेयक ल्याउने र त्यत्तिकै फिर्ता लिनु प्रधानमन्त्रीको कार्यशैलीले सही नठहर्याउने बताए। ‘गुठी विधेयक ल्यायो, मनोमानी ढंगले फिर्ता लियो।
फिर्ता गर्नु बहादुरी होइन’, गच्छदारले भने, ‘मन्त्रिपरिषदको प्रमुख, कार्यकारी प्रमुखको नाताले संविधान विपरीत विधेयक ल्याएकाले नैतिक जिम्मेवारी लिनुपर्छ। गल्ती गर्नुभएको छ। प्रधानमन्त्रीले राजनीनामा दिन तयार हुनुपर्छ।’
गच्छदारले सरकारले ल्याएका ‘राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’, ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन गर एकीकरण गर्न बनेको विधेयक’ ल्याएर गल्ती गरेको बताएका छन्।
उनले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हनन गरेको बताए। पत्रकारहरूले मुलुकमा लोकतन्त्र स्थापना गर्नका लागि संघर्ष गरेकाले त्यसमा अंकुश लगाउन नहुने बताए। उनले मानवअधिकार आयोग सम्बन्धि विधेयकले पनि मुलुकको मानवअधिकारमाथि अंकुश लगाउन खोजेको बताए। प्रधानमन्त्रीले सबै शक्ति आफूमा केन्द्रित गरेर गल्ती गरिरहेको गच्छदारको भनाइ थियो।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












