ताजा समाचार

आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।

लर्ड्समा हुने खेलमा दुई उपाधि दाबेदार राष्ट्र इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

लर्ड्स क्रिकेट मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ । त्यसैले दुई हेबिवेट राष्ट्रको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।

घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिका को दोस्रो स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड चौंथो स्थानमा छ ।

इंग्ल्याण्डलाई घरेलु समर्थकको साथ हुनेछ । तर, इंग्ल्याण्डलाई अष्ट्रेलियाविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन । इंग्ल्याण्ड ओपनर जासन रोयविना मैदान उत्रनेछ । रोय चोटका कारण मैदान बाहिर रहेका छन् ।

यता, अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानको न्युजिल्याण्डभन्दा मात्र १ अंकले पछि छ ।

घरेलु टोलीविरुद्ध अष्ट्रेलियालाई चोटको चिन्ता छैन । सबै खेलाडीहरु लयमा देखिएका छन् । त्यसैले अष्ट्रेलिया जितका लागि खेल्नेछ ।

दुईबीचको पछिल्लो पाँच भेटमा भने इंग्ल्याण्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा इंग्ल्याण्डले पाँचै खेल जितेको छ । इंग्ल्याण्ड भ्रमणको क्रममा अष्ट्रेलियाले पाँच खेलको सिरिज गुमाएको थियो ।

तर, अष्ट्रेलिया उक्त हारको बदला लिने योजनामा हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org