ताजा समाचार

विश्वकप क्रिकेटः न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोज्यो

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्ड र इङ्ल्यान्ड भिड्दैछन् ।

लर्डसमा न्युजिल्यान्डले टस जितेको छ र पहिले ब्याटिङ गर्ने भएको छ । इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आज हुने फाइनल खेलबाट एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियनको टुङ्गो लाग्नेछ ।

न्युजिल्यान्ड र इङ्ल्यान्डले हालसम्म एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छ्रैनन् । दुबै टोली आजको खेमला जित निकाल्दै एकदिवसीय विश्वकप क्रिकेटको नयाँ विजेता बन्ने दाउमा हुनेछन् ।

यसअघि तीन पटक १९७९, १९८७ र १९९२ मा फाइनल पुगेर उपाधि उचाल्न नसकेको इङ्ल्यान्ड चौथोपटक उपाधिका लागि मैदान उत्रनेछ । यता सन् २०१५ मा फाइनल खेल्दै उपाधि उचाल्न नसकेको न्युजिल्यान्ड आजको खेलमा पहिलो एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भिड्नेछ । यसै विश्वकपको लिग चरणको खेलमा भने इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्ध ११९ रनको विशाल जित हात पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org