ताजा समाचार

सार्वजनिक कार्यक्रममै यातायातमन्त्री महासेठले पत्रकारलाई गरे भिडियो खिच्न निषेध !

काठमाडाैं । भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पत्रकारलाई भिडियो खिच्न प्रतिबन्ध लगाएका छन् ।

आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महासेठले भिडियो खिच्न हुन्न भन्दै पत्रकारलाई फोटो मात्रै खिच्न आग्रह गरेका हुन् ।

आज काठमाडाैं-नुवाकोट सडक संचालनका लागि ज्ञापन पत्र बुझाउन गएका कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको टोली सिंहदरवारमा पुगेको थियो । सोहि क्रममा पत्रकारले क्यामेरा तयार पारिरहेको अवस्थामा मन्त्री महासेठले हलमा इन्ट्रि गर्दै भिडियो नखिच्न भनेका हुन् ।

पत्रकारमाथि कडा रुपमा प्रस्तुत भएका मन्त्री महासेठले भने ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस, यसरी भिडियो लिन हुन्न’ । यद्यपी सरकारले मिडिया विधेयक ल्यार मिडियालाई अंकुश लगाउन लागेको भन्ने आरोप लागेकै बेला मन्त्रि महासेठको यस्तो हर्कतले पत्रकार चकित परेका थिए ।

तर, मन्त्री महासेठले भिडियो लिन हुन्न भनेपनि यसको कारण भने खुलाएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org