पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ: प्रचण्ड
काठमाडाैँ । पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ। केही दिनभित्र हामी सबै कुरा टुंग्याउँछौं’, उनले भने, ‘यही साउन महिनाभित्र नै पार्टी एकताका रयलपयल काम पनि टुंग्याउन बाँकी रहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार बिहान किर्तिपुरको चम्पादेवीमा आयोजनाको गरेको कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले सुझबुझपूर्ण ढंगले सञ्चालन गरिएको जनयुद्ध र जनआन्दोलनको बलले नै मुलुकमा गणतन्त्र स्थापना भएको बताए।
‘पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ। केही दिनभित्र हामी सबै कुरा टुंग्याउँछौं’, उनले भने, ‘यही साउन महिनाभित्र नै पार्टी एकताका रयलपयल काम पनि टुंग्याउने, स्थायी समिति र केन्द्रीय समितिको बैठक पनि बस्ने हाम्रो लक्ष्य छ।’
प्रचण्डले केन्द्रीय समितिको बैठकबाट देशव्यापी अभियानमा जाने कार्यक्रम तय हुने बताए।
नेकपाको स्थायी समिति गत मंसिर २९ देखि पुस १३ सम्म बसेको थियो। पार्टी विधानमा स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने प्रावधान छ। त्यस्तै, ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक पनि अघिल्लो जेठमै बसेदेखि फेरि बसेको छैन।
‘यो एक वर्षमा पार्टी एकता ढिला भयो, कार्यविभाजन ढिलो भयो, हजारौं कार्यकर्ताले काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने जुन चिन्ता थियो। त्यो चिन्तालाई दूर गर्ने, कार्यकर्ता आम रुपमा उत्साही गर्ने, जनतालाई उत्साही गर्ने र सरकारका कामलाई सुशासन र विकासमा एउटा मोडल तयार गर्नेगरी जानु छ’, प्रचण्डले भने।
आफूहरुले पुष्पलालले देखेको सपना जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरेको प्रचण्डले दाबी गरे।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












