ताजा समाचार

प्रभुको बैंकिङ सेवा डोल्पाको शे-फोक्सुण्डो र तनहुँको बन्दीपुर गाउँपालिकामा विस्तार

काठमाडाैं । प्रभु बैंक लिमिटेडले कर्णालीको विकट जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा शाखा विस्तार गरेको छ ।

बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्यधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

नेपालकै अति विकट मानिएको गाउँपालिकामा शाखा कार्यालय विस्तार गरेर बैंकले बैंकिङ सेवा दिएको हो।यातायात,संचार र विद्युत आपूर्ति समेत नभएको स्थानमा बैंकले सौर्य उर्जाबाट विद्युत निकालेर भिस्याट प्रविधिमार्फत अत्याधुनिक बैंकिङ सेवा दिएको छ।शाखा स्थापनाका लागि आवश्यक पर्ने निर्माण सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो

त्यसैगरी तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखा कार्यालयको रुपमा डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको प्रभु बैंकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org