भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन
हृदयाघातका कारण ुअल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेसु, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ।
६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।
उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन्। चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन्। उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सांसद भइसकेकी छन्।
स्वराजको जन्म सन् १९५३ फेब्रुअरीमा अम्बाला छावनीमा भएको थियो। उनका बुबा हरदेव शर्मा राष्ट्रिय स्वयंसेवक संघका सदस्य थिए। स्वराजले एसडी कलेजबाट राजनीति शास्त्रमा स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट कानूनको डिग्री लिएकी थिइन्।
उनले आफ्नो राजनीतिक यात्रा अखिल भारतीय विद्यार्थी परिषदबाट सुरू गरेकी थिइन्। पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्।
हरियाणाबाट चुनाव जितेकी उनी २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्। उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन्।
मोदीले दुःख व्यक्त गर्दै ुस्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन्ु भन्दै ट्विट गरेका छन्।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












