सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ३ को मृत्यु
सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको बस बिहान करिब ३ बजे धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा दुर्घटनामा परेको छ।
धादिङखा प्रमूख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बस त्रिशूली नदीमा खसेको छ।
घटनास्थलमा नै रहेका पाण्डेयले बसबाट ३ जनाको मृतकको शव निकालिएको र १४ जना घाइतेको उद्धार गरेको जानकारी दिएका छन्। उनले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको बताए।
उनका अनुसार बस अप्ठ्यारो ठाउँमा खसेको र डोरीको सहायतामा तल झरेर उद्धार गर्ने काम भइरहेको जनाए।
चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ। बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि बसमा सो भन्दा बढि यात्रीहरू रहेको हुनसक्ने उनले बताए।
यात्रुहरू मुडामा समेत बसेर यात्रारतः रहेकाले बसमा सवार यात्रु ३८ भन्दा बढि नै यात्रु हुनसक्ने अनुमान उनले गरेका हुन्। घटनाको पूर्ण विवरण आउन केहि समय लाग्ने उनले बताएका छन्।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












