ताजा समाचार

काठमाडाैंको प्रहरीले गोली स्यम्भूमा गोली चलायो, दुई जना पक्राउ

काठमाडौं । राजधानीको स्वयम्भूमा प्रहरीले गोली प्रहार गरेर दुई युवालाई पक्राउ गरेको छ ।

धम्की दिने र लुटपाटमा संलग्न रहेका लोप्साङ भनिने विजय तामाङ र अमृत तामाङलाई प्रहरीले स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा घुडामूनी गोली प्रहार गरेर पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org