ताजा समाचार

नेपाली युवतीलाई दिल्लीमा लगेर बेचेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा प्रहरीले भक्तपुरको जगातीबाट नुवाकोटका अजय तामाङ र राजु तामाङलाई पक्राउ गरेको हो ।

काठमाडाैं प्रहरी परिसरका डिएसपी हिमोन्द्र बोगटीका अनुसार उनीहरुलाई प्रहरीले नियन्त्रमा लिएर अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार ती युवाहरुले नुवाकोटमा युवतीहरुलाई जागिर लगाइदिन्छु भन्दै भारतको नयाँ दिल्ली पुर्याउने गरेका थिए । उनीहरुको दिल्लीस्थित एक कोठी संचालकसँग कनेक्सन समेत देखा परेको छ ।

पक्राउ परेका तामाङद्वयलाई प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org