ताजा समाचार

विप्लव नेकपाका रुकुम पूर्वका जिल्ला सेक्रेटरीसहित ५ जना पक्राउ

रुकुम पूर्व । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरीसहित अन्य ५ जना पक्राउ परेका छन् ।

जिल्ला सेक्रेटरी देवीलाल पुनसहित जिल्ला सदस्यहरु मोहनलाल कार्की, लिलाराम बुढा, राजु थापा भनिने धनबहादुर विक, कुमार भनिने रामकुमार बुढा र हिका बुढा रहेको प्रहरी निरिक्षक वीरबहादुर सुनारले जनाएका छन् ।

केहि दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा उनीहरुलाई आ-आफ्नो क्षेत्रबाट पक्राउ गरिएको निरिक्षक सुनारले जनाए  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org