ताजा समाचार

समर्थकको आडमा रवि लामिछानेको लीला !

काठमाडाैं । माउन्टेन टेलिभिनजका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा जोडिएका तीन व्यक्तिलाई ३० साउनमा काठमाडौँमा पक्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो ।

सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्रदर्शन उस्तै छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि माहोल सुधार भएको छैन ।

कारण, शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पक्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक ।

चितवनमा वितण्डा मच्चाउने उनीहरु लामिछानेका समर्थक हुन्, जो दिनभर रविलाई रिहा गर भन्ने नारा लगाएर बसेका हुन्छन् ।

सोही आरोपमा पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीसमेत पक्राउ परेका छन्। तीनै जना पक्राउको कारण र प्रमाण एउटै हो, तर उनीहरुबारे कोही बोलेका छैनन् ।

रविले सिधा कुरा जनतासँग कार्यक्रमको आडमा धैरैसँग अबैद्य रुपमा रकम असुल्ने गरेको पत्रकार पुडासैनीले मर्नुअघि खिचेको भिडियोमा उल्लेख गरेका छन् ।

चितवनका तिलक गैरेले पनि रविले सिधा कुराको कार्यालयमा बोलाएर युट्युवबाट भिडियो हटाउने सर्तमा आफूसँग १० लाख मागेको बताएका छन् । यो खबर आजको शुक्रबार साप्ताहिकमा केपी ढुंगाना र राजेन्द्र आचार्यले लेखेका छन् ।

वरिष्ठ पत्रकार पी खरेलले रविले जनतासँग सिधा कुरा कार्यक्रममा न्यायाधिश बनेर फैसला गर्ने गरेको भन्दै आलोचना गरेका छन् ।

मनोविद् गोपाल ढकालले कसैको अन्धभक्त भएर समर्थन गर्नुलाई मानसिक रोग भनेका छन् ।

जेठी श्रीमतीसँग डिभोर्सपछि आफ्ना फ्यानको सहानुभूति पाउन रवि लामिछानेले अमेरिकामा दुःखले जोडेको घरसमेत श्रीमतीलाई सुम्पेको र किस्ता आफैँले तिर्ने दाबी गरेका थिए ।

तर, यो दाबी गरेको एक वर्ष नपुग्दै रविले किस्ता तिरिदिने भनेको घर लिलाम हुने चरणमा पुगेको छ ।

उनले जेठी श्रीमतीसँग डिभोर्स गर्नुअघि अमेरिकामा बसाईकै क्रममा एक विदेशी महिलासँग सम्बन्ध गाँसेका थिए। ती महिलाबाट एक सन्तानकै जन्म भएको रविले नै स्वीकारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org