ताजा समाचार

सांसदको पाकेट मार्ने युवा पक्राउ

काठमाडौं । राजधानीको न्युरोडमा सांसदको पाकेट मार्ने एक युवा पक्राउ परेका छन् ।

सर्लाही घर भई काठमाडाैंको मैतिदेवी बस्दै आएका निश्चल थिङलाई महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

साउन २६ गते सांसद भावना सुवेदी काम विशेषले न्युरोड इन्द्रचोकमा पुगेका बेला उनको झोलाबाटभित्र रहेको ७३ हजार रुपैयाँ, परिचयपत्र, एटीएम कार्डलगायतका अन्य महत्वपूर्ण कागजात चोरी भएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार थिङलाई भदौ पाँच गते बिहान गौशालाबाट पक्राउ गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org