‘काम पहिले गरेर त्यसलाई वैधानिकता दिन कानुन ल्याउँदा सरकारको नियतमा शंका लाग्छ’: सांसद झाँक्री
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले काम पहिले गरेर त्यसलाई वैधानिकता दिन कानुन ल्याउँदा शंका उत्पन्न भएको बताएकी छन्।
आज मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद झाँक्रीले राष्ट्रिय परिचयपत्र विधेयक ल्याउने र त्यसको कार्यान्वयनको पक्षमा सरकारको नियतमाथि शंका लागेको बताएकी हुन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्नब्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद झाँक्रीले भनिन् राष्ट्रिय परिचयपत्रको सम्बन्धमा एउटा जिज्ञसा थियो कि एउटै कार्डमा सबै सूचना रहन्छन्। नागरिकका सबै सूचना एकत्रित हुने सोचेका थियौँ।
तर, राष्ट्रिय परिचयपत्रसम्बन्धि विधेयक आउनुभन्दा पहिले नै १५ जिल्लामा राष्ट्रिय परिचयपत्र बाँडिसकिएको छ। कार्ड छाप्ने टेन्डर पनि भइसकेको छ। नागरिकता, ड्राइभिङ लाइसेन्स, लालपूर्जा, जन्म दर्ता, विवाह दर्ता, प्यान कार्ड, बैंक खाता नम्बर लगायतका सूचना एकत्रित गर्ने काम सरकारले गरेको छैन। जे सूचना एकै ठाउँ गर्ने भनेका छौँ त्यो नगरी राष्ट्रिय परिचयपत्र बाँडिरहेका छौँ। यो कुरा सरकारले केका लागि राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दियो भन्ने प्रश्न उठ्छ।
राष्ट्रिय परिचयपत्र जरुरी छ। मानव विकास सूचकांकको सही तथ्यांक लिनका लागि पनि यो परिचयपत्रको आवश्यकता पर्थ्यो। राज्यको दायित्व कोप्रति हो भन्ने पनि छ। हामीसँग डाटावेस तयार भएको छैन। अहिले हामीले सात-आठ कार्ड बोकिराखेका छौँ। यो कार्ड थप हुने भयो। नागरिकता, जन्मदर्ता जम्मै प्रमाणपत्र बोकेजस्तो यो राष्ट्रिय परिचयपत्र बोक्ने हो भने यसको उपयोगिता छैन। राष्ट्रिय परिचयपत्रमा बढीभन्दा बढी सूचना समावेश गरे राम्रो हुन्छ।
डाटावेस कसरी व्यवस्थित गर्ने र डाटा पढ्ने एजेन्सीलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न पनि छ। तर, छाप्ने ठेक्का पनि लगाइसकेको र परिचयपत्र पनि बाँडिसकेको विषयलाई वैधानिकता दिनका लागि यो विधेयक हतारपतार गरिएको हो कि भन्ने लागेको छ। नेपालभित्र बस्ने विदेशी कुटनीतिज्ञ र कामदारको डाटा राख्ने लगायतका राम्रा व्यवस्था पनि यो परिचयपत्रमा गरिन लागेको छ। सरकारको काम अगाडि कानुन पछाडि आउने तरिकाले नियतमा शंका लाग्छ
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












