ताजा समाचार

मन्त्री महासेठको गाडीमाथी ट्राफिक प्रहरीको ह्विल लक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी पार्किङ निषेधित क्षेत्रमा पार्कीङ गरेको अवस्थामा ट्राफिक प्रहरीले  ह्वील लक लगाएको छ ।

बानेश्वर क्षेत्रमा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा पर्‍यो । पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो ।  ट्राफिक प्रहरीले सुरुमा ह्वील लक गरेको थियो ।

पछि चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org