ताजा समाचार

निजी हवाई कम्पनीले भनेः ७० वर्षमाथिका नागरिकलाई हवाइ भाडामा छुट दिन सकिदैन

काठमाडाैं । पर्यटनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने गरेको घोषणालाई निजी एरलायन्स कम्पनीहरुले अस्विकार गरेका छन् ।

मन्त्री भट्टराईले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ७० वर्ष उमेर कटेका नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने भन्दै निजी वायु सेवा कम्पनीहरुसँग छलफल गर्ने जनाएका थिए । तर, त्यसको केहि समयमै निजी एयरलायन्स कम्पनीहरुले भाडा छुट गर्न नसकिने जवाफ फर्काएका हुन् । तर, राज्यले यस्तो निती लिएमा तयार रहेको जनाएका छन् ।

एयरलाइन्सहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले अहिलेको कानुन, नियम तथा अवस्थाले पनि भाडा छुटलाई बाध्यकारी बनाउने कुरा स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ। संघले मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा जानकारी गराएको हो।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कहीँकतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यतात्मक व्यवस्था हामीलाई छैन’ संघले पठाएको पत्रमा भनिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org