आजकाे दिन कति शुभ कति अशुभ ? हेर्नुहाेस् आजकाे राशिफल
वि.सं.२०७६ साल भाद्र १३ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि औंशी,२६ घडी ३९ पला,बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र मघा,३२ घडी ०४ पला,बेलुकी ०६ बजेर ३१ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग शिव,३६ घडी ४८ पला,बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण नाग,बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा काण योग ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ५० पला ।
औंसी। दर्श-श्राद्ध। कुशेऔंसी -कुश ग्रहण गर्ने। गोकर्ण तीर्थमा स्नान तथा श्राद्ध। बार्ने र निशि बार्ने औंसी। मन्वादि। पितृ साम्मान दिवस -बाबुको मुख हेर्ने। युवक कवि मोतीराम भट्ट जयन्ती।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपार्ईँलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । व्यापार व्यावसायमा लगानी गरिहाल्ने वातावरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चुटिने अधिक सम्भावना रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुने हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाति हुनसक्छ । आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मेहम्मे पर्नेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्तजन सँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानीगर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) गीतसंगित क्षेत्रमा रुचि बढ्ने हुदा केहिसमय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानी फस्टाएर जानेहुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समुदायको हकहितको निम्ति कामगर्ने अवसर आएपनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानीनहुँदा मन दुखि हुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जाने हुनालेमनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै विलासी जीवन व्यातित गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
Comments
अरु समाचार
-
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध...
-
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ: हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...
-
एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक आजदेखि सुरु
काठमाडौँ: सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी...
-
कोदोखेतीले धानेको खोरियागाउँ, प्रोत्साहन गर्ने नीतिकाे खाँचाे
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको...
-
राष्ट्रपति पौडेल स्वदेश आइपुगे, प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश...
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
दार्चुला दुर्घटना अपडेटः सात जनाको ज्यान गयो, छ जना गम्भीर
खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर...
-
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप...