ताजा समाचार

लाभांश र बोनस शेयर दिदै नेको इन्सुरेन्स

काठमाडाैंं । नेको इन्सुरेन्स लिमिटेडको २३ २३औं बार्षिक साधारण सभाले शेयर धनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ०.६४ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।

नेकोको साधारण सभा बैठकलाई संचालक समितिका अध्यक्ष रमेश कुमार निराैलाले अध्यक्षता गरेका थिए भने, १० जना शेयर धनीहरुले आफ्नो धारणा, जिज्ञाशा र मन्तव्य राखेका थिए । नेकोले आर्थिक वर्ष २०७४÷०७५को कम्पनीको वित्तीय विवरण समेत पारित गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंक, कोष व्यवस्थापन कम्पनी लगायतका प्रवर्धकहरुले २३ वर्ष अगाडी स्थापना गरेको नेकोले बीमा बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै लगेको छ  । केहि समयपहिले महत्तो समूहको प्रवेशपछि नेकोले ग्राहकको विश्वास थप जितेको दाबी गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org