ताजा समाचार

यू-१८ साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै आउट !

काठमाडौं । अन्डर १८ साफ व्याम्पियनसिप फुटबलबाट डिपेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

कुनैपनि समूह चरणबाट अगाडी बढ्न नसकेको भुटानले मालदिभ्सँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिन पुगेको हो ।

मंगलबार हलचोकस्थित एपीएफको मैदानमा भएको समूह ‘ए’ को अन्तिम चरणमा नेपाल सेमिफाइनच चरनमा प्रवेश गर्न भुटानले मालदिभ्सलाई ३-० गोलअन्तरले पराजित गर्नुपर्थ्यो  । तर, यी दुबै टिमले बराबरी खेलेपछि भुटान समूह विजेता र मालदिभ्स उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

भुटानले दुई खेलबाट चार अंक जोडेको छ भने माल्दिभ्सले दुबै खेल बराबरी खेल्दै दुई अंक जोड्यो । नेपालले भने माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो भने भुटानसँगको खेल ३-० ले गुमाएको थियो । समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा भोलि भारतले श्रीलंकासँग दिउँसो तीन बजे प्रतिस्पर्धा गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org