ताजा समाचार

एटिएमबाट भएको चोरीको घटना सेलाउन नपाउँदै कृषि विकास बैंकको डेढ करोड बढि रकम चोरी !

काठमाडौं । एटिएम चोरी भएको घटना सेलाउन नपाउदै कृषी विकास बैंकको १ करोड ५६ लाख पेरी चोरी भएको छ ।

ह्याकरको समूहले सिस्टम नै ह्याक गरेर बैंकको रकम चोरी गरेको हो । बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका हुन् ।

सिस्टम ह्याक गरेर चोरीएको उक्त रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुलाई मंगलबार दिउँसो ह्याक गरी लुटिएको रकम निकाल्दा-निकाल्दै प्रहरीले पक्राउ गरेको हो। तर, उनीहरु को कुन भन्नेबारे प्रहरीले केहि खुलाएको छैन् । यद्यपी चोरी गर्ने नेपाली भएको आशंका गरिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरेका छन् । यसअगाडी चिनियाँले एटिएमबाट चोरी गरेका थिए भने यसपटक बैंकको सिस्टम ह्याक गरेर रकम चोरी गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org