ताजा समाचार

कृषि बिकास बैंक चोरीका प्रमुख योजनाकार पिटर उर्फ काले !

काठमाडौं । भारतमा बस्दै आएका काले भनिने पिटरले कृषि बिकास बैंक चोरी योजना बनाएको प्रहरीले जनाएको छ ।

काले भनेर चिनिने पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट रकम चोरी गर्ने तयारी थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको हो । पिटरले नेपालमा लुटेको रकम हुण्डी गरेर भारत लैजाने गरेको समेत प्रहरीको अनुसन्धानमा देखिएको हो ।

५ अर्ब भन्दा धेरै रकम चोरी गर्ने योजना बनाएका पिटरले कृषि विकास बैंक, कैलाश विकास बैंक र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

यो समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको पाइएको छ ।

सम्बन्धित समाचारः

कृषि विकास बैंकबाट अवैध रकम चोरी गर्नेलाई आज सार्वजनिक गरिदै (नामसहित)

एटिएमबाट भएको चोरीको घटना सेलाउन नपाउँदै कृषि विकास बैंकको डेढ करोड बढि रकम चोरी !

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org