ताजा समाचार

४ जना डाँकालाई प्रहरीले गोली प्रहार गरी पक्राउ

धनुषा । आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३ः३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरि एको हो ।

जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्न्सििङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्निसिङमा लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको निरीक्षक कार्कीले बताए । डाँकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ । उनको अवस्था समान्य रहेको छ । डाँकाको साथबाट हतियार तथा औजार बरामद गरिएको छ ।

गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन् । उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ । सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन् । घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org