सागका लागि समिति गठन
असोज १०, काठमाडाैं । नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । समितिअन्तर्गत राष्ट्रिय टोली तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेलस्थल व्यवस्थापनमा राखेपका पूर्वसदस्य–सचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गङ्गाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, स्रोतसाधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणीन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव रहेका छन् ।
यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा अजयशमशेर जबरा संयोजक र मधुसूदन बस्नेत सचिव, प्रचारप्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव, अनुगमन, निरीक्षण तथा मूल्याङ्कनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र बज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ ।
बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय व्यवस्था सहजीकरण समिति गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, राखेपका सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ तथा सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् । उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमिति गठन गर्न अधिकारसमेत दिइएको छ । सागमा समावेश विभिन्न २७ खेलमध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय गरिएको छ ।
सरस्वती कतार प्रस्थान
विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती चौधरी बिहीबार कतारको दोहा प्रस्थान गरेकी छन् । सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म हुने उक्त प्रतियोगितामा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वतीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष एवम एनओसीका उपमहासचिव तिम्सिनाले एक कार्यक्रमबीच बिदाइ गरे ।
यस्तै अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको काङ्ग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह दोहा प्रस्थान गरेको एथलेटिक्स सङ्घका सचिव आरके विष्टले बताए ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...