ताजा समाचार

नेपाली कांग्रेसका सांसद अफ्ताव आलम राैतहटबाट पक्राउ

काठमाडाैं । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान  रौतहटको गौरबाट पक्राउ गरेको हो ।

०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटमै राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले बम बनाउने क्रममा विस्फोट भइ ८ जना गम्भीर घाइते भएकोमा घाइते सबैलाई राजपुरस्थित इटाभटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको बताए । बम विस्फोटका दुई जना अभियुक्तले घटनामा सांसद आलमको संलग्नताबारे बयान दिएपछि सोही बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

२०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा रौतहटबाट विजयी भएका आलमले ६ पटक विभिन्न मन्त्रालयहरु सम्हालिसकेका छन्।

आलम राैतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org