ताजा समाचार

वुमन्स च्याम्पियन्स लिगः चितवन राइनोज फाइनलमा प्रवेश

काठमाडौं । नेपालकै पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को  चितवन राईनोज फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org