ताजा समाचार

तारकेश्वरमा विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते

काठमाडाैँ ।   काठमाडौंको तारकेश्वरमा एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलको छाना खसेको हो ।

‘सबै विद्यार्थीको उद्धार भइसकेको छ । अहिले अवस्था सामान्य छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने ।

विद्यालयमा पढिरहेका विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै आजै दिउँसो चाबहिलमा भत्काइ रहेको घरले थिच्दा तीन जना गम्भीर घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org