ताजा समाचार

चर्चित र्‍यापर ‘भिटेन’ पक्राउ

काठमाडाैं । र्‍यापर तथा गायक भिटेन जावलाखेलबाट पक्राउ परेका छन् ।

नेपाली र्‍याप गीत गायर चर्चामा आएका भिटेन भनेर चिनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

अश्लिल गीतहरु गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जनाएका छन् । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए ।

यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भेन, उनले ह्याप्पी तिहार बोलको गीत डिलिट गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org