ताजा समाचार

कात्तिक १३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।

पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org