ताजा समाचार

मल्ल कप्तान बनेपछी प्रचण्ड, रामचन्द्र पौडेल देखि रबिन्द्र मिश्रले समेत दिए बधाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

ज्ञानेन्द्र मल्ललाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पर्यटनमन्त्री योगेश भट्टाराईद्धारा बधाई दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक तथा पुर्व पत्रकार रबिन्द्र मित्रले समेत बधाई दिएका छन् ।

यसअघिका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यानले) मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।

पारसले सामाजिक संजालमा लेखेका छन्,’सबैभन्दा योग्य व्यक्ति ज्ञानेन्द्र नेपाल क्रिकेट टिमको कप्तान नियुक्त भएकोमा बधाई छ । जसले धैर्यता, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org