कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, बजार क्षेत्रमा कर्फ्यू जारी
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको उज्यालो सहकर्मी गोपाल भण्डारीले जनाएका छन् ।
लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका २ सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।
बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि बुधबार प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












