तीन महिना बच्चा सहित नेकपा नेताले घरबाट निकाले कान्छी श्रीमती
कालिकोट । नेपाल कम्प्युनिष्ट पार्टी कार्यालय कालिकोट सचिव दानबहादुर शाहीले कान्छी श्रीमतीलाई घर निकाला गरेका छन् ।
११ महिना अघि विवाह गरे घर भित्र्याएकी सान्नीत्रिवेणी गाउँपालिका–१ माइती भएकी २० वर्षीया गीताकुमारी जैसीलाई तीन महिनाको छोरोसहित उनले घर निकाला गरेका हुन् ।
पूर्वएमालेका जिल्ला सचिवालय सदस्य शाहीले खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा लामो समयदेखि इलेक्ट्रोनिक्स पसल चलाउँदै आएका छन् ।
ढाँटेर बिहे
११ महिना अघि जेठी श्रीमतीलाई क्यान्सर लागेको भनेर शाहीले आफूसँग ढाटेर विवाह गरेको जैशीले बताइन् । ‘मसँग जेठी श्रीमतीलाई क्यान्सर भएको भनेर ललाई फकाई विवाह गरे,’ उनले भनिन्, ‘अहिले घर निकाल गरेका छन्, मेरो बिचल्ली बनाएका छन् ।’
जैसीले आफुलाई विवाह गर्न जेठी श्रीमती रञ्जनालेसमेत फकाएको बताइन् । ‘मलाई विवाह गर्न जेठी श्रीमतीलेसमेत बबाव दिइन्’, उनले भनिन्, ‘विवाह भइसकेपछि बोक्सीको आरोपसहितका बहानामा मलाई दुवैले कुट्ने गरेका थिए ।’
बहुविवाह छल्न नक्कली कागज
शाहीले बहुविवाहको मुद्दाबाट जोगिन गीतासँग पसल गर्न घरभाडा दिएको कागज लेखाइ औँठाछाप समेत गर्न लगाएको खुलेको छ । ‘बहुविवाह बच्नका लागि घरभाडा बसेको कागजमा सहीछाप गर्न लगाए’, उनले भनिन्, ‘श्रीमती भएर आएपछि किन घरभाडाको कागजमा हस्ताक्षर गर्न लगाएको भन्दा काुननबाट जोगिन कागज गरिएको भने ।’
कागजमा मासिक १५ सय भाडादर कायम गर्दै २०७५ साल जेठ ३० गरिएको सम्झौता असार १ बाट लागू हुने उल्लेख गरिएको छ ।
जेठीका नाममा कान्छीको छोरो
आफूले जन्माएको छोराको जन्मदर्ता पनि दानबहादुरले जेठी श्रीमतीको रन्जना शाहीको नाम गराएको गीताले बताइन् । दानबहादुरले गीताले सम्पती दाबी गर्ने कानुनी ठाउँ नराख्न यसो गरेको खुलेको छ ।
कानुनीरुपमा आफूलाई वञ्चित गर्न खोजिएपछि घरमा विवाद भएको जैसीले बताइन् । ‘छोराको जन्मदर्ता प्रमाणपत्र जेठी श्रीमतीका नाममा राखेपछि विवाद बढ्दै गएको हो’, उनले भनिन्, ‘मलाई सबै ठाउँबाट बन्चित गर्न खोजियो ।’ अहिले जैसीले न्याय खोज्दै जिल्ला अदालत कालिकोटमा मुद्दा दायर गरेकी छन् ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












