ताजा समाचार

टिकटक भिडियो बनाउनका लागि एक युवकलाई रुखमा झुण्डाइयो

भारत । भारतको हरियाणामा टिकटक भिडियो बनाउनका लागि एक युवकलाई रुखमा झुण्डाइएको घटना सार्वजनिक भएको छ । तर रुखमा झुण्डाइएको रसी टुटेका कारण युवकको ज्यान जोगिएको भारतीय प्रहरीले जनाएको छ ।

पीडित युवकका काकाको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी अधिकारी कृष्ण कुमारका अनुसार टिकटक भिडियो बनाएर चर्चित बन्ने भन्दै युवकको घाँटीमा रसी बाँधेर रुखमा चढाइयो तर पासो थापिएको रसी टुटेपछि उनको ज्यान जोगियो ।

रुखबाट खसेका युवक घाइते भए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पीडित युवकका काका सत्यवानने भने कि गाउँकै रमन नाम गरेका युवकले यो घटना घटाएका हुन् ।

रमनले उनका भतिजालाई फोन गरेर बोलाए र खेतमा लगे । त्यसपछि टिकटक भिडियाेका लागि विकासलाई फासीमा चढ्न भनियो । भतिजाले नमानेपछि उसलाई डर त्रास देखाइयो ।

डराएका भतिजा रसीमा लट्किन तयार भए भाग्यवस रसी टुट्यो र उनको ज्यान जोगियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org