ताजा समाचार

एमसीसीविरुद्ध पारस र सन्दीपले नखेल्ने

काठमाडाैं । विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्लब (एमसीसी)विरुद्धको एक दिवसीय क्रिकेट पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले नखेल्ने भएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले दिएको खेलाडीको नाममा पारस र सन्दीपको नाम समावेश नभएपछि उनीहरुले नखेल्ने पक्का भएको हो ।

त्रिवि क्रिकेट मैदानमा एमसीसीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो ।

नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी
विक्रम सोब, अविनाश बोहोरा र इशान पाण्डे रहेका छन् ।

भने, एमसीसीको तर्फबाट कप्तान जिमी एडम्स, विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एलेक्स थम्प्सन, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन छन् ।

नेपाली टिम नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । ज्ञानेन्द्र कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org