ताजा समाचार

नयाँ प्रदेश प्रमुख छान्न बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्विकृत गरेकी थिइन् ।

चुनावी आचारसंहिता लागेका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई ओली नेतृत्वको सरकारले बर्खास्त गरेको हो ।

यसै सन्दर्भमा सातै प्रदेशका प्रमुख नियुक्ति गर्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेको हो । नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम सिफारिस गर्ने तयारी थालेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org