ताजा समाचार

पोखरामा मनोनयनको पूर्वसन्ध्यामा निर्वाचचन कार्यालय अगाडी विस्फोट

पोखरा । उपनिर्वाचन मनोनयन दर्ताको पूर्वसन्ध्यामा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की नजिकै विस्फोट भएको छ ।

शंकास्पद वस्तु विस्फोट भएपछि कास्कीको बैदाम प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर स्थितबारे जानकारी लिएको छ भने अहिले अनुसन्धान जारी रहेको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

मनोनयन दर्ता हुने समय सुरु हुनैलाग्दा निर्वाचन कार्यालय भन्दा केहि पर रहेको पर्यटक बसपार्कमा ठूलो आवाजसहित विस्फोटको आवाज आको तियो ।

मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी सुरु भएको छ । निर्वाचनमा भाग लिनको लागि मनोनयन दर्ता गर्न दलका उम्मेदवारहरु केही बेरमा कार्यालय पुग्दैछन । कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

कास्की २ मा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको हेलिकपटर दुर्घटनामा ज्यान गएपछि उक्ष क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org