ताजा समाचार

सिके राउतको पार्टी उपनिर्वाचनमा भाग लिदै

काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा सहभागीता लिने भएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी नदिने निर्नय गरेको जनमत पार्टीले स्थानिय तहका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको राउतले जनाएका छन् ।

आगामि मंसिर १४ मा हुन गइरहेको निर्वाचनमा सम्बन्धित स्थानिय निकायबाट ३ जनाको नाम सिफारिस गर्न भन्दै राउतको पार्टीले आह्वान गरिएको छ ।

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । पार्टीबाट देशैभर रिक्त स्थानीय तह गाउँपालिका र वडाहरूमा उम्मेदवारी दिन लागेको जनाइएको छ ।

विखण्डनको नारासहित केहिसमय सरकारले जेल चलान गरेका राउत जनमत पार्टी मार्फत अहिले मुलधारको राजनीतिमा सक्रिय रहदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org