ताजा समाचार

एसियान चेसमा नेपालका खेलाडी हाबी कृष्ण थापा च्याम्पियन

काठमाडौं । सिएम कृष्ण थापा कुनै पनि अफीसीयल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् ।

बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा कृष्णले पहिलो स्थान पाएका हुन् । नौ चरणको खेलमा ८ अङ्क जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६.५ अङ्क सहित पाचौ भए । प्रतियोगितामा नेपाली खेलाडीले शीर्ष पाँच स्थान पाए ।

अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अङ्क सहित दोस्रो ,भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अङ्क सहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अङ्क सहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए । यसै गरी, सुमित पन्त सातौँ, आशिष फुयाँल आठौँ तथा सुरवीर लामा नवौँ तथा शुभम शुक्ला दशौँ भए ।

महिला तर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चीनका सुन फुरुङ्ग दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै सुशीला गुरुङ पाचौ भए ।
नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी थिए ।

विजयी थापाले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसै गरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।

आठौँ देखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । महिला तर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेस्रो देखि पाचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org