ताजा समाचार

आलमलाई कारागार चलान गर्न अदालतको आदेश

राैतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

राैतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतले फैसला गरेको हो ।

झण्डै ९ दिनको थुनछेक बहसपछि जिल्ला अदालत राैतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनामा आलमको मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।

न्यायाधीश ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।

आलमविरुद्ध सरकारी वकिल कार्यालयले ३२ वर्ष कैद सजाय माग दाबी गर्दै जिल्ला अदालत राैतहटमा मुद्धा दायर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org