ताजा समाचार

आफ्नै दाजुद्धारा बहिनी बलात्कृत

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् ।

फतुवा विजयपुर नगरपालिका १ का एक युवाले आफ्नै काकाको छोरी १३ वर्षीया बालिका बलात्कार गरेका हुन् ।

बिहीबार साँझ उनले घर नजिकैको उखुबारीमा बहिनीलाई बलात्कार गरेको स्थानीयले देखेपछि उनी भागेका थिए । पीडित बालिकाकाे परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org