ताजा समाचार

कांग्रेस किंवदन्ती बन्ने खतरा बढ्यो, मैले यस्तो चाहेको छैन्ः प्रचण्ड

देउवाकै कारणले कास्कीमा विद्याले जित्ने पक्का भयो

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले दलितको छोरा प्रधानमन्त्री बन्न सक्ने र बनाउने पार्टी नेकपा नै रहेको दाबी गरेका छन् ।

नेकपाले महिलालाई राष्ट्रपति बनाएको स्मरण गर्दै उनले पहिलो पल्ट प्रदेशको राष्ट्रपतिको रुपमा दलितलाई बनाएको समेत जनाए । उनले प्रधानन्यायाधीश, सभामुख लगायतका मुख्य पदमा महिलालाई स्थान दिएको भन्दै विद्या रवीन्द्रको श्रीमति भएकाले चुनावमा उम्मेदवार नबनाएको र वाग्लुङमा अर्को पार्टीलाई सघाएको र मृतकको श्रीमतिलाई उम्मेदवार नबनाएको प्रष्ट पारे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयात्री भएको र साह्रै तल खसेर झुटो बोलेको आफूलाई समेत नमज्जा लागेको जनाए । उनले कांग्रेसले आत्मसमिक्षा गर्न छोड्न र झुटो बोल्न छोड्न देउवालाई आग्रह गरेका छन् ।

यस्तै, देउवाले विद्या भट्टराईलाई जितको सुनिश्चितता गरेर गएकोमा धन्यवाद समेत व्यक्त गरे । देउवालाई हत्केलाले सुर्यलाई छेक्न खोज्ने प्रयास गरेर झुटको खेती नगर्न समेत प्रचण्डले देउवालाई चुनाैति दिएका छन् ।

नेपालको इतिहाँसमा नेपाली कांग्रेस किंबदन्ति बन्ने डर सिर्जना भएको भन्दै इतिहाँसको पात्र नबन्न सहि र सत्य कुरा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले दिउसै रात पार्न खोजेको समेत प्रचण्डले आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org