ताजा समाचार

चितवनको भरतपुरमा बम बिस्फोट

चितवन । यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको वडा नं.१६ मा आज (बिहीबार) विहान बम बिस्फोट भएको छ ।

फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बम बिस्फोट भएको हो । स्थानीयले विहान ३ः३० बजेदेखि ठूलो आवाज आएपछि स्थानीय सबै त्रसित भएको बताए । बम बिस्फोटको आवाज सुनेपछि स्थानीयहरु त्रसित भएका छन् ।

स्थानीयका अनुसार बम बिस्फोट भएको स्थानमा टायरका टुक्रा र सिलिण्डका टुक्राहरु भेटिएको छ ।

बम कसले पड्काएको भन्ने बारे एकिन भएको छैन । चितवन प्रहरीले भने सो क्षेत्रमा कुनै बम बिस्फोट नभएको दाबी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org