ताजा समाचार

कास्कीमा ४६ सय बढी मतले विद्या भट्टराईको अग्रता कायमै

पोखरा । सुरुदेखि नै अग्रतास कायम गरेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले जारी मतगणनामा पनि अग्रता कायम गरेकी छन् ।

जारी मतगणनामा उनले ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् भने, कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सर ६२ मत प्राप्त गरेका छन् । यस्तै समाजवादीका धर्मराज गुरुङले १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९० मत प्राप्त गरेकी छन्। यो मत वडा नं ३३, २१ र २० को गणना गर्दासम्मको हो ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । यहाँ ७१ हजार ८ सय ७१ मतदाता छन् ।

पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए । यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org