ताजा समाचार

द्वन्द्धकालिन मुद्धामा दोषी देखिए म कारबाही भोग्न तयार छुः प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले द्वन्द्धकालका जघन्य प्रकृतिका घटनामा आम माफी नहुने स्पष्ट पारेका छन् ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित शहीद बुद्धिमान पाख्रिनको १७ औं स्मृतिको अवसरका बोल्दै उनले द्वन्द्धकालिन घटनामा आम माफी दिनने खालका कानुन नबन्ने प्रष्ट्याएका हुन् ।

शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा प्रचण्डले भने, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।”

जघन्य खालका अपराधमा कोहि दोषी देखिए कारबाही र पीडितलाई न्याय दिलाउन कै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गटन गर्न लागिएको उनको भनाई थियो ।

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो । अध्यक्ष प्रचण्डले भने, ‘इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारवाही भोग्न तयार छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org