ताजा समाचार

कास्की २ मा विद्या भट्टराई भारी मतले विजयी, कांग्रेसका खेमराजले दिए बधाई !

पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

पर्यटनमन्त्री समेत रहेका स्वर्गिय रवीन्द्र अधिकारीको निधनपछि भएको उप निर्वाचनमा उनकी पत्नी विद्या भट्टराईले नेकपाको साख जोगाउदै भारी मतान्तरले विजयी भएकी हुन् ।

शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो ।

यसअघिको निर्वाचनमा स्वर्गिय अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मतपरिणाम भने निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org