ताजा समाचार

चञ्चलाले दिलाइन सागमा नेपाललाई पहिलो रजत

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो पदक हात पारेको छ ।

नेपालका लागि करातेको व्यक्तिगत काता प्रदर्शनमा चञ्चला दनुवारले रजत पदक दिलाएकी हुन् ।

बंगलादेशी खेलाडी हुमारा अन्तरा र भुटानी सोनाम ल्होमोलाई पराजित गर्दै फाइनल प्रवेश गरेको चञ्चलाले पाकिस्तानकी साहिदासँग प्रतिष्पर्धामा हार भोग्दै रजत दिएकी हुन् । भने, पाकिस्तानले पहिलो स्वर्ण जितेको छ । श्रीलंकाले कास्य पदक हात पारेको छ।

चञ्चलाले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org