ताजा समाचार

विद्या भट्टराईको भाग्यमा १५ गते !

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनमा कास्कीबाट उम्मेदवार बनाए विद्या भट्टराईले निर्वाचनमा जित हासिल गरेपछि भनिन्, मेरो जित रवीन्द्रप्रतिको उच्च सम्मान हो ।

यसैबाट प्रष्ट हुन्छ उनले निर्वाचनमा भारी मतले जित्नुमा सहानुभूतिले ठूलै काम गरेको छ । उनले स्वयम पनि यसरी बोलेपछि यसलाई थप भन्नूपर्ने कुरा नै के रह्यो र ?

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ओली सरकारका एकजना मन्त्री थिए । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोनलमा होमिदै मन्त्री बनेका रवीन्द्रलाई सायदै लागेको थियो होला की जनताको काम गर्दा गर्दै मृत्यु वरण गर्छु भनेर । तर, यस्तै भइदियो । ताप्लेजुङबाट फर्किदै गर्दा एकाएक समाचारहरु आउन थाले पर्यटनमन्त्री सवार हेलिकप्टर वेपत्ता । रवीन्द्र सवार हेलिकप्टर दुर्घटनाग्रस्त । रहेनन् पर्यटनमन्त्री रवीन्द्र । यसरी छिनछिनमा उनको मृत्युबारे खवरहरु आइरहेका थिए ।

रवीन्द्रले पर्यटनमन्त्रीको कुर्सी खाली मात्रै गरेर विदा भएका थिएनन् । उनका परिवार र उनले आर्जेको राजनीतिक विरासत समेत छाडेर गएका थिए । त्यसैको एउटा रुप हुनसक्छ उनको अन्तिम दाहसंस्कारमा पोखरेली जनताको सहभागीता ।

हजाराैं मानिसहरु रवीन्द्रको अन्तिम संस्कारका सहभागी भएका थिए । त्यसपछि प्रतिनिधिसभा अन्तरगत कास्कीको क्षेत्र नं २ को सीट खाली बनेको थियो । त्यो क्षेत्र खाली भएदेखि नै विभिन्न चर्चा र अड्कलहरु गरिए । कहिले कसको नाम त कहिले कसको नाम उप चुनावको उम्मेदवारको रुपमा आइरहन्थ्यो नै । यसैमा नेकपाले रवीन्द्र पत्नी विद्यालाई न टिकट दिने घोषणा गरेपछि भने यसले अन्तिम रुप लियो । अब सदाका लागि उपचुनावमा अरु नेताहरुको नाम नआउने पक्का बनेको थियो ।

यसरी विकशित घटनाक्रमले नयाँ रुप लिदे अन्ततः उनले उप चुनावमा विजय प्राप्त गरेरै छाडिन् । उनी अब जनताको प्रतिनिधि भएर प्रतिनिधिसभा बैठकमा सरिक हुनेछिन् ।

प्राध्यापन पेशामा सक्रिय राजनीति छाडेर लागिसकेकि विद्यालाई सायदै लागेकोथियो होला । जनप्रतिनिधि भएर फेरी आउछु भनेर । तर, राजनीतिले यस्तो मोडमा ल्याइदियो की उनी अहिले जनप्रतिनिधि बनिसकेकी छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतले पराजित गरेकी विद्यालाई एउटा कुरा भने संयोग जस्तै बनेको छ ।

०७५ को फाल्गुन १५ र ०७६ को मंसिर १५ । उनको जीवनमा यी दुबै १५ गते अविस्मरणिय रहनेछन् । उनको भाग्यमा मंसिर १५ गते अविछिन्न यात्रा तय गर्ने दिन बनेर आएको छ । हुनत कम्युनिष्टहरु भाग्यमा विश्वास नगर्लान तर, हाम्रो समाजले विहानीपख पत्रिका होस या अन्य संचार माध्यम राशीफल हेर्ने सुन्ने प्रचलन यथावत नै छ ।

फाल्गुन १५ मा उनले आफ्नो पति गुमाएकी थिइन भने मंसिर १५ मा तिनै पतिको अधुरा सपनालाई पुरा गर्न पतिकै स्थानमा आइपुगेकी छन् । यसरी विद्यको जीवनमा यी दुबै १५ गते विशेष र अविस्मरणिय हुनेछन् । विद्यालाई मंसिर १५ को हार्दिक बधाई तथा शुभकामना छ । फाल्गुन १५ लाई विर्सिने ऐतिहासिक क्षण बनोस शुभकामना ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org