ताजा समाचार

१३ औं साग खेलकुदः सावित्राको ह्याट्रिकसँगै माल्दिभ्सविरुद्ध नेपालको जित

पोखरा । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।

बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३ ० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँग फाइनल यात्रा पक्का गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन् ।

पोखरा रंगशालामा भएको खेलको १६ औँ मिनेटमा सावित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको इन्जुरी समयमा साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org