‘क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि खुशीको सीमा रहेन’: अञ्जली चन्द
कास्की । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन् ।
चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक-दुई विकेट लिने मात्र उनको लक्ष्य थियो । तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो ।
माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पुगेको छ । सुदुरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकाका चन्दले माल्दिभ्सविरुद्धको लिग चरणको पहिलो खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि उनले विश्व कीर्तिमान कायम गरेकी हुन् ।
त्यस्तै चन्दले शनिबार पोखरा रङ्गशालामा कास्य पदकका लागि माल्दिभ्सविरुद्ध नै भएको स्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गर्न सफल भइन् । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल उनले आफ्नो चार ओभरको बलिङमा जम्मा एक रन खर्चेर चार विकट लिएकी थिइन् । प्रतियोगितामा उनले ११ विकेट लिन सफल भइन् । कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउछिन् । केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकाले पनि खेलमा ठूलो सपना नराखेको उनी बताउछिन् । उनी भन्छिन्, “मलाई यति ठूलो सफलता मिल्छजस्तो लागेको थिएन । स्पर्धामा ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमानै रहेन ।”
सन् २०१५ वैवाहिक जीवनमा बाँधिएपछि उनी क्रिकेटबाट केही वर्ष टाढा भइन्, तर क्रिकेटप्रतिको मायाले उनलाई छाडेन । घरपरिवारको साथ, सहयोग र हौसलाले गत असोजमा सम्पन्न ‘वुमन्स क्रिकेट लिग’ बाट उनी पुनः क्रिकेटमा फर्किन् । त्यस प्रतियोगितामा समेत चन्दले राम्रो छाप छाड्न सफल भएकी थिइन् । कक्षा ८ मा पढ्दादेखि नै उनले क्रिकेट खेल्न शुरु गरेकी थिइन् । खेलकूदमा बाल्यकालदेखिनै उनमा रुचि थियो । “गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेको थिएँ । एक दिन दाईले केटीहरूको खेल छ, तिमी जान्छौँ भन्नुभयो म गएँ । त्यसपछि मलाई क्रिकेटप्रति रुचि बढ्न थाल्यो”, उनले शुरुआती दिनहरू स्मरण गरिन् ।
सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो । घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकामा उनी दुःखी छिन् । सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुशी दिने उनको सपना छ । टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग स्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उनले थपिन्, “टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो । टेष्ट राष्ट्रसँग खेल्दा कठिन भयो । महिला क्रिकेटमा सरकारले जति सहयोग गर्दछ, त्यति नै राम्रो हुन्छ । देशका लागि सधैँ राम्रो गर्ने ध्यानमा हुनेछौँ ।”
महिला क्रिकेटलाई राज्यले त्यति प्राथमिकता नदिएको उनको बुझाइ छ । खेलाडीलाई सेवासुविधा तथा महिला क्रिकेटका समेत घरेलु लिग सञ्चालन गर्न सकेको खण्डमा नयाँ र राम्रा खेलाडी उत्पादन भएर देशलाई फाइदा पुग्ने विश्वास उनको छ ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...