ताजा समाचार

पाैडीमा गाैरिकाले जितिन तेश्रो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

योसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् ।

ओलम्पियन गौरिकाले यस अघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org