नेकपाभित्र सभामुख टुङ्गो नभएपछि आजको संसद बैठक सर्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा सहमति नभएपछि प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ ।
नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजे डाकिएको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना छ ।
‘अहिलेसम्म आज संसदको बैठक बस्ने संकेत देखिएको छैन । सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ,’ संसद सचिवालयका एक कर्मचारीले सेतोपाटीसँग भने,‘पुस १६ गते अर्को बैठक बस्ने सम्भावना देखिएको छ। यसबारे कार्यव्यवस्था परामर्श समितिले नै निर्णय गर्छ ।’
स्रोतका अनुसार नेकपाले प्रतिनिधि सभाको बैठक सार्न संसद सचिवालयलाई भनेपछि सचिवालयले यस्तो तयारी गरेको हो ।
अहिलेसम्म कार्यव्ययस्था परामर्श समितिको बैठक पनि नबोलाइएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेतोपाटीलाई बताइन् ।
हरेक बैठकअघि नियमित रूपमा बस्ने परामर्श समितिको बैठकले यसको निर्णय गर्न सक्ने भुसालले बताइन् ।
प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ । तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सर्ने देखिएको हो ।
नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन् ।
Comments
अरु समाचार
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...












